सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

काठमाडौं ।सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँट भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गरेको हो।यो आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ आवेदकबाट कुल १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयर माग भएको थियो। जसमा १० लाख ४६ हजार ४५९ आवेदकबाट परेको १ करोड २० लाख ६९ हजार ८९० कित्तामात्रै प्रमाणीकरण भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
प्रतिकृया दिनुहोस