• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
देश/प्रदेश

पत्रकार पराजुलीको निधन

काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको मंगलवार बिहान निधन भएको हो ।

 

पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।

 

उनको दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । उनको एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार