• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
पत्रपत्रिका

‘बिपी ब्यक्ति एक ब्यक्तित्व अनेक’  

तस्वीर : लेखक शंकर तिवारीको फेसवुकबाट

ललितपुर । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले सानेपास्थित बीपी स्मृति भवनमा आयोजना गरेको बिपी साहित्य महोत्सव आइतबार शुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सञ्चालन भएको विभिन्न सत्रमा बिपीका जीवनका विविध पक्षहरु, सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोणसहित  समाज रुपान्तरणमा उहाँले पु¥याउनुभएको योगदानको बारेमा लेखक साहित्यकार, समालोचकहरुले  सुक्ष्म तरिकाले विश्लेषण प्रस्तुत गर्नुभएको छ ।


कार्यव्रmमको प्रमुख वक्ताको रुपमा प्राध्यापक एवं साहित्यकार अभिसुवेदीले बिपीका विभिन्न लेखमा प्रयोग भएका भाषा, शब्द साहित्यका पात्रहरु र उनीहरुमार्फत ब्यक्त गरिएका विचारहरुको सुक्ष्म विश्लेषण गर्दै उहाँको जीवन दर्शन वृहत र ‘बहुआयामिक भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो ‘बिपीले राजनीतिक दर्शनको ठेली नलेखी साहित्य र त्यसमा प्रयुक्त पात्रमार्फत नै मानब अधिकारले युक्त स्वतन्त्र, समृद्ध समाज र सार्वभौम स्वतन्त्र प्रजातान्त्रिक मूल्य मान्यतासहितको राष्ट्रको नीति हुनु पर्ने  खोज्नु भएको छ । ’’सुवेदीले बिपीका कृतिहरु सचेष्ट रहेको बताउनुभयो ।  उहाँले बिपीले आफूभित्रको राजनीतिक ब्यक्तित्व र साहित्यिक ब्यक्तित्व फरकफरक भएको बताए पनि त्यो आफूले मान्न नसकेको बताउनुभयो । उहााँका राजनीतिक गतिविधि र विचारहरुमा साहित्यका चिन्तन र सोचहरु एक अर्काको परिपूरक जस्तै लाग्ने बताउनुभयो । बिपीका २०२५ साल अघिका साहित्य र पछिका साहित्यमा निकै ठूलो अन्तर रहेको पनि उहाले स्पष्ट पार्नुभयो । उहाँले कतिपय लेखकले बिपीलाई फ्रायडबाद मात्र हुन् भनेर विश्लेषण गर्नु गरेको भन्दै त्यसरी मात्र सिमित हुन नहुने धारणा ब्यक्त गर्नुभयो । 


महोत्सवको दोस्रो सत्रमा साहित्यकार भुवन ढुंगानाले बिपी बाल्यकालदेखि नै विद्रोही स्वाभावको भएको बताउनुभयो । यो स्वभाव उहाँलाई उहाँको पीता र माताको शाहस र आँटबाटै मिलेको उहाँले बताउनुभयो । प्राध्यापक कृष्ण खनालले बिपीको प्रेरक बाक्यको रुपमा ठूलो होइन असल मान्छे बन्नु पर्छ भन्ने सन्देश स्मरण गर्दै त्यो बिपीका साहित्यमा पात्र सिर्जना जति जटिल छन् त्यो भन्दा जटि स्वयं उहाँको ब्यक्तित्व भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो ‘‘बिपीको साहित्यमा रहस्यबाद, साहित्यमा रोमान्स वा छाँयाबाद र राजनीतिमा गान्धीबादको आर्दश रहेको देखिन्छ । ’’ समालोचक सिकेलालले भयभित मान्छेले प्रश्नको समाना गर्न नसक्ने र त्यसलाई दवाउने प्रवृत्तिको हुन्छ भन्दै त्यसको बिपरित बिपी आफूलाई जनताले प्रश्न गरुन् भन्ने चाहना राख्ने ब्यक्ति भएको बताउनुभयो । उहाँको आजको पार्टीका कुनै पनि नेताले अनुसरण गर्न नसकेको टिप्पणी पनि गर्नुभयो । उहाँले बिपी स्पष्ट नीति सहितको क्रान्तिकारी नेता भएको र ब्यबहारिक राजनीति कर्मीले परिस्थिति अनुरुप आफूलाई उभ्याउन सक्ने सामर्थ राख्ने बताउनुभयो । ती सबै गुण बिपीमा रहेको उहाँको भनाइ थियो । आइतबार नै बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा र साहित्यको विषयमा पनि परिचर्चा भएको थियो । कबिता साँझमा २० जना कविहरुले कविता प्रस्तुत गर्नुभएको थियो । 


सोमबार प्रमुख वक्ताको रुपमा  भारतीय प्राध्यापक आनन्द कुमार रहनुहुनेछ । उहाँले अहिलेको समाजबादमा माक्स, गान्धी र बिपी विषयमा बोल्ने कार्यक्रम तय भएको छ। यसबाहेक बिपीले नपाएको १४ वर्ष , बिपीका आख्यानमा मधेश,अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बिपी युवास्रष्टामा बिपी पठन विषयमा चर्चा हुने छ । सोमबार गजल साँझका आयोजना गरिएको छ । गोरखापत्र   
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार