• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
राजनीति

समाजवादी मोर्चाको सन्देशसभा स्थगित

काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

 

अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो । एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्न–भिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ ।

 

सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भएपछि कुटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको समाजवादी मोर्चाको एक स्रोतले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार