• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
स्वास्थ्य

कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगी रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन ।

 

'डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन । समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।' विज्ञप्तिमा उल्लेख छ ।

 

पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार