• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

कांग्रेस नेतृ मीना पाण्डेको निधन

काठमाडौं।  कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ। 

 

तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहनु भएकी स्वर्गीय पाण्डे वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो भने वि.सं. २०६४ मा संविधान सभा सदस्य हुनु भएको थियो ।
 

  २००८ सालमा जन्मनु भएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएको  थियो । पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान स्मरणीय रहने भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।सभापति  देउवाले परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार