• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

‘ओहो ! अहिले पनि पोल्छ’

काठमाडौँ । म जलन एकदमै पीडादायक छ । यसको उपचार एकदमै खर्चिलो पनि रहेछ । मेरो उपचारमा नै १ करोड लगभग खर्च भयो, समान्य मान्छेले यसको औषधि उपचार गर्न गाह्रो रहेछ । जुन मैले अहिले आफैंलाई परेपछि देखे, भोगें । भलै मलाई सबैले सहयोग गर्नुभएको छ । मैले भनें सरकारले दिने सहयोग मलाई पर्दैन, अस्पताल बनाउनेतर्फ लगाऊँ । क्यान्सरका बिरामी, मिर्गौलाका बिरामीलाई सरकारले गर्ने सहयोग जस्तै जलनमा परेकालाई पनि सरकारले सहयोग गरे धेरै सहज हुन्छ । तेस्रो कुरा प्राथमिक तहमा पनि अब पढाइ सुरु गरौं । चौथो कानुन बनाएरै स्वचालित रेगुलेटरको प्रयोगमा कडाइ गरौं । बिमाको व्यवस्था गरौं, ग्याँस कम्पनीलाई पनि क्षतिपूर्ति भराउनै पर्ने कानुन बनाऊँ, कुनै न कुनै रूपले कडाइ नगरे हुँदैन । मैले प्रधानमन्त्रीसँग पनि यो विषय उठाइसकेको छु । राजनीतिक दलका नेतासँग पनि उपचारबाट फर्किएर आएपछि नै यो विषयमा छलफल गरेको छु । सदनमा पनि भनें ।

 

ओहो । जलन अत्यन्तै पीडादायक छ, अरू रोग जस्तो होइन नि । अहिले पनि पोल्छ । म अहिलेसम्म छटपटाउँछु, बोल्दाबोल्दै ज(याक्जुरुक्क उठ्छु, चिरचिर हुन्छ । सदनमा १५÷१६ मिनेट बोलेंछु । मलाई त नेपालबाट अन्यत्र उपचारमा जानै मन थिएन, म जान्न पनि भनेको थिएँ, पछि प्रधानमन्त्रीजी अस्पताल जानुभयो, शेरबहादुर जी, शेखर डाक्टरसापहरू सबै जना जानु भयो, कसैले भनेको पनि नमानेपछि उपचार गरिरहँदा कीर्तिपुर बर्न अस्पतारका डा। शंकरमान राईले ‘तपाइँ बाँच्नुपर्छ भनेर सम्झाउनुभयो । ‘तपाइँ एक्लो व्यक्ति होइन, जनताको यत्रो सुभेच्छा छ, कसैले पार्टी भनेका छैनन्, जनताको स्नेह तपाइँप्रति छ, तपाइँ बाच्नुपर्छ, तपाइँ जानुस्’ भनेपछि गएँ । नेपालमा जलनको उपचार गर्ने डाक्टर रहेछन्, तर राम्रो पूर्वाधारसहितको अस्पताल नै रहेनछ । कीर्तिपुर बर्न अस्पताल र साँखुमा रहेको बर्न अस्पतालले अलिअलि थामेको रहेछ । ट्रमा सेन्टर बनेको छ, हड्डीको उपचार हुन्छ, गंगालालमा मुटुको उपचार हुन्छ, मिर्गौलाको उपचार हुने अस्पताल भक्तपुरमा छ । क्यान्सर अस्पताल बनेको छ, अस्पतालमा गलत भइरहेको छ भने कहाँबाट कन्ट्रोल गर्ने त्यता लाग्नुपर्छ ।

 

हाम्रा डाक्टर, हाम्रा फिजियोथेरापिस्ट, हाम्रा जनशक्ति अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने छन् तर उपकरण छैन । हाम्रो क्लाइमेट, बिरामीलाई छिटो निको गराउन सहयोगी छ । भारतमा उपचार गरिरहँदा पनि मलाई त कति बेला नेपाल पुग्नुजस्तो भयो । ड्रेसिङ गरिरहनु पर्ने, पीडा हुने, खोल्दा रगत आउँथ्यो । बाँच्छ कसैले नभन्ने, उपचार गरिरहेकै डाक्टरले पनि बाँच्छ नभन्ने, केही पनि गर्न पाइँन भन्ने पीडा भइरह्यो । मलाई आफैं पीडा, आमा’दयगत पनि मलाई उत्तिकै चिन्ता थियो । मलाई कसैले आमाको अवस्था’दयगत नभन्ने, आमासँग बोल्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ओहो ८८ वर्षकी आमाले के गर्नुभयो होला रु, मभन्दा बढी जल्नु भएको थियो । कति पीडा भयो होला रु, सम्झिरहें । मसँग बोल्न पाए आमाको प्राण राम्रोसँग जान्थ्यो कि भन्ने पनि लागिरह्यो । आमालाई पनि उतै उपचारमा लिएर जान पाए हुन्थ्यो जस्तो भएको थियो । आमा उत्तिबेलै बित्नु भएछ, मलाई दुई महिनापछि थाहा भयो । योभन्दा ठूलो पीडा के हुन्छ र मान्छेलाई । हरेक नेपालीका आमाहरू यसरी नै मरिरहेछन् । संयोगले त्यो मलाई प¥यो कति आमा त्यसरी नै मरिरहेका छन् ।


मलाई परेकै कारण मैले सदनमा भन्न पाएँ, संसारलाई सुनाउन पाएँ । अब संसारभरिबाट नेपाललाई जलनको उपचारमा सहयोग गर भन्न पाउने भएँ । महाभारतको युद्ध नभएको भए गीता कहाँबाट आउँथ्यो र रु, माओवादी युद्ध नभएको भए समानुपातिक, समावेशी प्रतिनिधित्वका कुरा कहाँबाट आउँथ्यो र रु, हँुदैन थियो नि, भलै यसका डिमेरिटहरू होलान् । जलन पनि हो मलाई पर्यो र न मैले संसदमा उठाउन पाएँ, भोलि हस्पिटल त बनाउनुप(यो नि । हेर्नुस् त, नीति तथा कार्यक्रममा जलनको उपचारको नाम नै छैन । देशभरमा वर्षमा ६०÷७० हजार व्यक्ति जलनका घटनाबाट पीडीत भइरहेका छन् । कति दुःखको कुरा हो । जनताको दुःख नदेख्ने काम हुनु हुँदैन । मैले आवाज त उठाउन पाएँ, सरकारले गरेन भने सबैले मिलेर आफ्नो आमाबुबाको नाममा पैसा जम्मा गरेर भए पनि अब जलनको उपचारका लागि सबै सुविधा भएको अस्पताल बनाउँनैपर्छ । म आह्वान गर्नेवाला छु । सरकारलाई पनि हेरौं, कुरौं । जलन भन्ने कुरा अत्यन्तै पीडादायी रहेछ । यसको उपचार अत्यन्तै कम ठाउँमा छ । नेपालमा जलनको विशेष उपचार कीर्तिपुर र साँखुमा हुने रहेछ । गाउँका व्यक्ति धेरैजसो जलनमा पर्छन् । उनीहरूलाई काठमाडौं ल्याउँदासम्म अत्यन्तै धेरै पानी चाहिन्छ, केके ट्रिटमेन्ट गरेर काठमाडौंसम्म ल्याउने भन्ने जनरल नलेज हामीसँग छैन ।


अझै पनि छालाहरू रिकभर भइसकेको छैन । जिद्धि गरेरै पनि हिड्छु । म सम्झन्छु, भारतमा उपचारको क्रममा म आइसियुमा थिएँ । हर्टको मनिटरिङ गर्ने आइसियुको मनिटर हेरें, एकाएक हर्ट धड्कनको अंक त जीरो देखायो । यसो फर्किएर तुरुक्क रोएँ । जलेको मान्छेको धड्कन त अपरझट नै जाँदो रहेछ, खानपिन गर्यो टाठो भयो भनेर हुँदो रहेनछ । त्यसै बेला त्यहाँ हुने नर्सले मुर्दा घरमा लैजाने शवलाई बेर्ने पोकोपोको पारेको कपडा मतिर फाल्दिए । म आफैंलाई चाँहि कताकता केही भएको छैन भन्ने पनि लागेको थियो, नर्सले त मर्छ अब गयो गयो पनि भने । त्यस बेला आफैंले आफैंलाई छामें । मेरो मान्छे बोलाइदेउ पनि भनें । एकै छिनपछि त्यहाँ नर्स आफैं आँसु झारेर ‘दाइ आज त बाँचियो’ भने । त्यस्तो पनि अनुभव भयो ।

 

यो जलनको उपचारका क्रममा हुने ड्रेसिङ पनि अर्को पीडा रहेछ । ड्रेसिङ गर्नु नै डेथ अफ ओसन रहेछ । एकातिर ड्रेसिङ, अर्कातिर फिजियोथेरापी । प्रत्येक ड्रेसिङ मृत्युलाई जितेर आउनुसरह लाग्यो, कति रोएँ रोएँ । १२ वटा त तकिया राखिएको थियो । अहिले पनि सहजसँग बस्न हुँदैन, दुवैतिर सिलिकन लाएर बसेको छु, बस्न गाह्रो, सुत्न पनि गाह्रो हुन्छ । अब फेरि मलाई फलोअपका लागि भारत जानुपर्ने छैन । यही नै राम्रो छ । विश्वमा प्रतिस्पर्धा गर्न सक्ने हाम्रा डाक्टर रहेछन् । हरेक कुरामा हामीकहाँ राम्रो छ, उपचारमा आवश्यक उपकरणको अभाव मात्र हो, अब फलोअप यहीं गराउँछु । महेश्वर गौतम/राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार