आयुषको स्वर र संगीतमा 'माया पनि बसेकै थियो' सार्वजनिक

काठमाडौं । युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत 'माया पनि बसेकै थियो' सार्वजनिक गरेका छन्। यो गीत आयुषको स्वर, शब्द र संगीतमा रहेको छ।
गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। बिजेश र राजनको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक मगरको युट्युव च्यानल आयुष मगर मार्फत भिडियो तयार पारिएको हो।
प्रतिकृया दिनुहोस