• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

टिकटक भिडियोले जन्माएको विवादपछि मन्त्रीको राजीनामा

काठमाडौं ।  ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन्।

 

जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए। उनकी छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्।

 

बुधवार उनले आफ्नी छोरीका आलोचकहरूलाई ‘आदिम जनावरहरू’ को सङ्ज्ञा दिएका थिए। उनको प्रतिक्रियाले राजधानी पोर्ट मोज्बीमा रहेको संसद् भवन बाहिर प्रदर्शनहरू निम्त्याएको थियो।

 

पपुवा न्यूगिनी प्रशान्त क्षेत्रमा अवस्थित एउटा कमनवेल्थ देश हो र राजा चार्ल्स त्यहाँका राष्ट्र प्रमुख हुन्। एउटा विज्ञप्तिमा चेचेन्कोले देशका प्रधानमन्त्री जेम्स मारापेसँग छलफल गरेर आफू उक्त निर्णयमा पुगेको जानकारी दिएका छन्।

 

उनले पछिल्ला घटनाक्रमले अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा गर्न लागेको भ्रमणलाई प्रभावित नपारुन् भन्ने आफूले चाहेको बताए।उनले थपे, “म यस बारेमा सत्यतथ्य ल्याइयोस् र मिथ्या सूचना र भ्रमहरूलाई सच्च्याइने सुनिश्चित होस भन्ने चाहन्छु।”

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार