• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतको मध्यप्रदेशमा बस दुर्घना हुँदा १५ जनाको मृत्यु, २५ घाइते

काठमाडौं ।भारतको मध्यप्रदेशमा यात्रु बस पुलबाट नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ ।

 

१५ जनाको शव भेटिएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले बताएका छन । दुर्घटनामा २५ जना घाइते भएको उनको भनाइ छ । मध्यप्रदेशको खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाचेर बस बैराड नदीमा खसेको थियो ।

 

मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ मध्यप्रदेश सरकारले दिने भएको छ । साथै गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय मध्यप्रदेश सरकारले गरेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार