• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रचण्ड सरकारमा कांग्रेसबाट थपिए ३ मन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (बुधबार) तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला मन्त्री,मोहनकुमार बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

 

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उनीहरुलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई पत्र पठाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार