बारा–२ बाट उपेन्द्र यादव विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । उनी २८ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा छन्।
प्रतिकृया दिनुहोस