निर्वाचित भएपछि रविले गरे चितवनको विकासमा लाग्ने प्रण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताएका छन ।
यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित भएका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका छन । उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका हुन ।
उनले भने 'विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । मैले भन्ने गर्थें यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर ।'
लामिछानेले निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा माफी माग्दैं चितवनको विकासमा लाग्ने प्रणसमेत गरेका छन ।
प्रतिकृया दिनुहोस