• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

'आदर्श पत्रकारिता पुरस्कार' घोषणा 

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको 'आदर्श पत्रकारिता पुरस्कार ' घोषणा गरेको छ । शाखाको शनिवार शङ्खरापुरमा सम्पन्न पूर्ण बैठकले पुरस्कार घोषणा गरेको हो ।

 

शाखाको सदस्य रही निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने अध्यक्ष सुर्य सुवेदीले बताए । चैत्र २५ गते हुने साधारण सभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने उनले जनाएका छन् ।

 

शङ्खरापुर नगरपालिकाको जरसिंहपौवामा बसेको बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने समेत निर्णय गरेको सचिव महेश्वर गौतमले जानकारी गराए । साथै, बैठकले समसामयिक बिषयमा ९ बुदे शङ्खरापुर घोषणा पत्र समेत जारी गरेको सचिव गौतमले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार