• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

सभामुखबाटआएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता लिन महासंघको चुनौती

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको बेला सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए  । 

 

 सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको  महासंघले जनाएको छ ।


 'सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।' विज्ञप्तिमा उल्लेख छ ।

 

 महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाउँदै आरोप पुष्टी गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार