• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन ।

 

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भएका हुन । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।


यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।मधेस आन्दोलनमा  दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा  शिक्षण पेशामा समर्पित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार