• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपालले पीएनजीलाई ५२ रनले हरायो

काठमाडौं । नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो । 

 

जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४५ रनमा समेटिएको थियो । पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । यस्तै कप्तान आसाद भालाले ४२, किपलिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्लेस अमिनीले १४ रन जोड्न सफल भए । 

 

पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ९७ विकेटको क्षतिमा रन बनाएको थियो । नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो ऐतिहासिक उच्च स्कोर पनि हो । नेपालका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेल सानदार प्रदर्शन गरे । नेपालका लागि ओपनरआशिफ शेखले एक सय १० रनको शतकीय पारी खेले।

 

जितसँगै ३३ खेलबाट ३४ अंक बनाएको नेपाल अहिले तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट नौ अंक बनाएको पीएनजी अन्तिममा छ । ३२ खेलबाट ३१ अंक बनाएको युएई छैटौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अंकसहित दोस्रो, ३९ अंक बनाएको नामिबिया तेस्रो र ३५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

 

नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन(जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार