श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण,सबै सकुशल

काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।
इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरण गराएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । विमानमा सवार ७८ जना यात्रु सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस