• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

माधव नेपाल र सुवास नेम्वाङबीच छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच छलफल सुरु भएको छ ।

 

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालसँग पूर्व सभामुख समेत रहनुभएका एमाले नेता नेम्वाङबीच छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

 

नेम्वाङ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ  । समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ ।

 

यो अवस्थामा अध्यक्ष नेपालसँग नेम्वाङसहित एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, डा. विमला राई पौड्याल र रघुवीर महासेट लगायतका नेताहरुबीच  छलफल चलिरहेको हो ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार