• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

'घृणा फैलाएको' मा प्रतिबन्धमा परेकाहरू ट्विटरमा फर्कँदै

काठमाडौं । सामाजिक सञ्जालको एउटा सेवा ट्विटरमा हालसालै प्रतिबन्ध फुकुवा गरिएका सयौँ खाताहरूका प्रयोगकर्ताले दूर्व्यवहार वा गलत सूचना फैलाइरहेको बीबीसीले गरेको अनुसन्धानले देखाएको छ।

 

नयाँ लगानीकर्ता इलोन मस्कको नेतृत्वमा पुनः स्थापित गरिएका १,१०० भन्दा बढी खाताहरूलाई बीबीसी मोनिटरिङ्गले विश्लेषण गरेको थियो। त्यसमा एक तिहाइ भन्दा बढीले उक्त प्ल्याटफर्ममा समस्याकारी सामग्रीहरू पोस्ट गरिरहेका छन्। अधिकांशले ट्विटरमा फर्किए लगत्तै त्यस्तो गरिरहेको पाइएको छ।

 

मस्कले भने आफू ''स्वतन्त्र अभिव्यक्तिको कट्टर पक्षधर'' रहेको बताउने गरेका छन्। गत नोभेम्बरमा प्रतिबन्धमा परेका ''कानुन नतोडेका वा गम्भीर स्प्याममा सङ्लग्न नभएका'' खाताहरूलाई उनले ''आम रूपमा माफी'' दिने घोषणा गरेका थिए।

 

ट्विटरको नियमले जाति, लिङ्ग वा यौनिकता लगायतका विषयहरूलाई लिएर हिंसा, प्रत्यक्ष रूपमा आक्रमण र अरूलाई धम्की दिन निषेध गर्छ। उक्त सामाजिक सञ्जालले बाल यौन शोषण प्रवर्द्धन गर्ने कुनै पनि सामग्रीप्रति "शून्य सहनशीलताको" दृष्टिकोण अपनाएको दाबी गर्दछ। तर पुनः सञ्चालनमा आउन दिइएका कैयौँ खाताहरूले यी नियमहरू तोडिरहेको हाम्रो अध्ययनले सङ्केत गरेको छ।

 

हामीले हाम्रो अध्ययन (डेटासेट) इलोन मस्कले ट्विटर आफ्नो स्वामित्वमा लिएको पहिलो दिन सन् २०२२को अक्टोबर २७ तारिख देखि ज्यानुअरी १० तारिखकाबीच अनि १०,००० भन्दा बढी 'फलोअर्स' भएका खाताहरूमा सीमित गर्‍यौँ। यी खाताहरू पछिल्लो केही महिनामा पुनः सञ्चालनमा आएका हजारौँ त्यस्ता खाताहरूको एउटा अंश मात्रै हो।

 

समस्याग्रस्त सामाग्रीको पहिचान गर्न हामीले 'किवर्ड' खोजी देखि दर्जनौँ खाताहरूको एक एक गरेर विश्लेषण गर्‍यौँ। कतिपय अवस्थामा हाम्रो डेटासेटमा रहेका प्रत्येक खाताका सयौँ पोस्टहरूको पनि हामीले विश्लेषण गर्‍यौँ। सम्भव भएसम्म हामीले विगतमा के कारणले त्यो खाता प्रतिबन्धमा परेको थियो भन्ने विषयबारे ज्ञात कारण पनि टिप्यौँ। त्यसो भए ट्विटरमा कस्ता किसिमका खाताहरू पुनः सञ्चालनमा आएका छन् त? बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार