• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

सन्दीपलाई यूएई जान रोक, आइतबार पुनः सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ ।

 

शुक्रबार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुस्ट सुनुवाइका लागि आइतबार पेस गर्न निर्देशन दिएको हो ।

 

सर्वोच्चको आदेशसँगै अब आइतबारमात्र सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेसीय सिरिज खेल्न यूएई जाने वा नजाने भन्ने बारेमा टुङ्गो लाग्ने भएको छ ।

 

सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट ७३ नम्बरको निवेदन र विदेश खेल्न जान पाउनपर्ने निवेदनको एकमुस्ट सुनुवाइ गर्ने आदेश दिएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार