• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार(आज) ५७.७४ अंकले गिरावट आएको हो ।


 
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५प्रतिशत सिएसआर र ३५प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

 

आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरूको शेयर नकारात्मक सर्किट लागेको छ । आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरूको शेयर मूल्य उच्च दरले घटेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार