• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प,भग्नावशेषमा फसेकाहरुको उद्धार कार्य जारी

काठमाडौं ।भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प गएका छन्।

 

  सोमवार ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पर्दा सिरिया र टर्कीमा गरी ६ सय बढी घाइते भएका हुन् ।


टर्कीमा गत फेब्रुअरी ६ को भूकम्पपछि ६ हजार भन्दा बढी पराकम्पन रेकर्ड गरिएको छ । बारम्बारको पराकम्पनले भूकम्पपीडितहरु थप मारमा परेका छन् ।


टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादका अनुसार भूकम्पका कारण टर्कीको अन्टाक्या लगायत अन्य क्षेत्रहरुमा थुप्रै घरहरु भत्केका छन् । सयौं भग्नावशेषमा फसेकाहरुको उद्धार कार्य जारी छ । भूकम्पका कारण सिरियामा पनि दजनौं घरहरु भत्केका छन् ।

 

उद्धारकर्मीहरू भूकम्पले फेरि भत्काइदिएका भवनमा फसेका मानिसहरूको खोजीमा जुटेका छन्।फेब्रुअरी ६ मा आएका विनाशकारी भूकम्पका कारण कमजोर बनेका धेरै भवनहरू सोमवार साँझ भत्किएका छन।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार