• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

रोजगारी सिर्जना र समृद्धिका लागि सामाजिक उद्यमशिलता जरुरी : मन्त्री राई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी  तथा गरिवी निवारण मन्त्री माननीय राजेन्द्र कुमार राईले राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको उद्घाटन गर्दै देशमा रोजगारी सिर्जना र समृद्धिका लागि सामाजिक उद्यमशिलता जरुरी रहेको बताए । सामाजिक उद्यमशिलताका लागि ऐन र निति नियम तय गर्ने कुरामा उनले उद्यमीहरु र सामाजिक अयियान्ता माझमा प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरु नेपाल र अन्तराष्ट्रिय बजार सम्म पु¥याउन नेपाल सरकारले अथक प्रयास गर्ने र यसका लागि उद्यमी र अभियान्ताहरुको माग संवोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । 


राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा  शुरु भएको तीन दिवशीय राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९  जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं भन्ने नाराका साथ सम्पन्न भएको छ ।  

 

कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा एमालेका नेता पार्वत गुरुङ्ग, नेपाली काँग्रेसका केन्द्रिय सदस्य नयनसिंह महर, राष्ट्रिय योजना आयोगको माननीय सदस्य डा संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ तथा सामाजिक उद्यमीहरुले सामाजिक उद्यमशिलताको महत्वका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता  सामाजिक उद्यमी मञ्चका संयोजक अर्जुन भट्टराई गरेका थिए ।

 

सम्मेलनको मुख्य उद्धेश्यहरु सामाजिक उद्यमशिलाको बर्तमान अवस्था, नतिगत र कानुनी चूनौती बारेमा छलफल गरि आगामी दिनका लागि रणनीति तय गर्ने, सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि गर्न, सामाजिक  उद्यमशिलता प्रवद्र्धनका लागि सहकार्य बृद्धि गर्ने रहेको थियो ।

 

सम्मेलनको शुरुवात फागुन ३ गते  शैक्षिक क्षेत्र र सामाजिक उद्यमशिलत छलफल अन्र्तक्रिया, विभिन्न क्याम्पसका कादम्वरी विद्यार्थी र शिक्षकहरुसँग छलफल तथा परामर्श गरिएको थियो  र फागुन ४ गते सामाजिक उद्यमीहरुसँग भेघाट र परामर्श  आयोजना गरिएको छ भने फागुन ५ गते  राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको आयोजना गरिएको छ । पहिलो  शत्रमा नितिगत बहस र पैरवी भएको छ भने दोस्रो सत्रमा विभिन्न विषयगत प्रस्तृति रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार