• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ट छानबिन गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि ले नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन्।

 

गृहमन्त्री लामिछानेले भने'उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु,


मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारले तिरिदिन आग्रह गरेकी छन। 


मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार