• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
राजनीति

कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन

काठमाडौं ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रिय सचिवालय बैठकद्वारा गठित 'निर्बाचन समिक्षा कार्यदल'ले आज आफ्नो प्रतिबेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेश गरेको छ ।

 

पार्टी उपाध्यक्ष डा. बिष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिबेदन आगामी माघ ९\१० गते काठमाडौंमा डाकिएको केन्द्रिय समिती बैठकमा प्रस्तुत गरिने छ ।प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समिक्षा प्रतिबेदन बिस्तृत अध्ययन गरेर केन्द्रिय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए ।


प्रतिबेदन यथार्थ परक र ब्यबहारिक बनाउन हर सम्भब प्रयास गरिएको ,देशभरीका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमि कमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए । कार्यदलमा नेताहरु बसन्तमान सिंह अधिकारी , शुरेश आचार्य ,माधब खत्री , नर प्रसाद थापा ,यबती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला 'चुनेली',उज्वल पोखरेल, रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार