• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस बलियो प्रतिपक्षी बन्छ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् । 

 

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिँदै प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताए । 

 

सभापति देउवाले बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने पनि बताए ।विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने उनको भनाइ छ ।

 

आज फेरि बर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार