• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

चासो

विदेशमा नाति जन्म्यो रमाइलो वर्ष
बाजे–बज्यै यात्रा तय तेल भिसाको हर्ष

 

केहि महिने बसाइ मिठो आफ्नो नातिसँग
दिन बितेको पत्तो बिना फर्कदा झसङ्ग

 

छोरा बुुहारी दुवै व्यस्त कमाईको काममा
कसले हेर्ला एक्लो नाति विदेशको ठाममा ?

 

बाजे–बज्यै मनको रहर संस्कार सिक्न पाओस्
तर जटिल परिस्थीति कसले त्यो गराओस् ?

 

मन भित्रको कौतुहलता भोलि कस्तो होला?
पौराणिक चालचलनले कुन हदसम्म छोला?

 

चियापसल गफ ठुलो छोरो विदेशगाको
नाति बारे गहिरो चासो मनमनै हराको ।।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार