• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

व्यवसाय मैत्री नीतिहरु नभएको भन्दै नाडाको दवावमूलक कार्यक्रम

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले व्यवसाय मैत्री नीतिहरु नभएको भन्दै  पहिलो चरणमा दवावमूलक कार्यक्रम गर्ने घोषणा गरेको छ ।  सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिवन्ध लगाएको छ ।

 

सो आयात प्रतिबन्धका साथसाथै अटोमोवाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु, जस्तै हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा बृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका छन ।

 

"यस संगै हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको बृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ । सयौं अटोमोवाइल शो रुमहरु बन्द भईसकेका छन् भने थप अन्य शो रुमहरु समेत बन्द हुने क्रममा रहेका छन । यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन् ।", विज्ञप्तिमा उल्लेख छ ।

 

"नेपालको अटोमोवाइल क्षेत्रले सरकारको राजस्वमा २१ प्रतिशत योगदान गर्दै, प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रुपमा झण्डै दश लाख जनालाई रोजगारी प्रदान गरेको छ । त्यसैगरी यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जिवन विमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा अटोमोवाइल क्षेत्रले हिस्सामा योगदान पु¥याउदै आएको भए पनि सरकारले यस क्षेत्रलाई विलाशी बस्तुहरुमा बर्गिकरण गर्दे त्यसै अनुरुपको उच्च महशुल मात्र लगाएको छैन अपितु यस व्यवसायलाई नै निरुत्साहित गर्ने उद्धेश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोधहरु तेस्र्याउने गरेको हामीले देखिरहेका छौ । ती नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गरि दिन हामी अटोमोवाइल व्यवसायीहरुले निरन्तर रुपमा औपचारीक र अनौपचारीक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र नेपाल राष्ट्र बैंकसंग अनुरोध गर्दै आए पनि कुनै सुनवाई नभएपछि निम्न नीतिगत मागहरु राख्दै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न हामी व्यवसायीहरु बाध्य भएका छौ ।"विज्ञप्तिमा भनिएकाे छ  ।

 

नाडाका माग र सुझावहरु :

१.    विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप  भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने ।

२.    नेपाल राष्ट्र बैँकद्धारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने । 

३.    सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने । 

४    नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण  व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालकोे व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने । 

५.    अटोलोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।

६    बैंकहरुको तरलता अभावलाई सहज बनाउन CD Ratio लाई पूनरावलोकन गर्नु पर्ने । 

७.    बैकहरुबाट सवारी साधनको Hire Purchase Loan स्वीकृत भए पश्चात जारी गरिने Delivery Order (DO) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने । 

८.    त्यस्तै बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Hire Purchase Loan को हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नुपर्ने ।

९.    पूर्नकर्जा नविकरण गर्ने म्याद एक बर्षको लागि थप गरिनु पर्ने ।

१०.    कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।

चरणबद्ध आन्दोलनका कार्यक्रमहरु निम्नानुसार हुनेछन् :                                                                                           

१.     यहि आउदो शुक्रवार २०७९ मंसिर १६ गते प्रेस मिट गरेर सम्पूर्ण कार्यक्रमहरू मिडिया समक्षजानकारी गराउने र मिडियाको सहयोग लिने ।

२.    नाडाद्धारा तय गरिएका नाराहरु हामी सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।

३.    तय गरेको नाराहरू चढ्ने गाडीमा आजैबाट अगाडी पछाडी टांसेर हिँड्ने ।

४.    नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।

५.   विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।

६.     यस पश्चात मंसिर २२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहान‌को ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डेलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने । 

७.     सोही दिन औपचारिक नाराहरू काठमाडौँ लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यहरुलाई एकै पटक परिचालन गर्ने । 

८.      मङ्गसिर २२ गतेसम्म पनि हाम्रो मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार