• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा इटालीको मजदुरको कथा

काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । 

 

बिहिबार मञ्चन भएको  इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकमा मञ्चन गरिएको छ ।

 

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ महोत्सवमा मञ्चन भएको थियो । त्यस्ते सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको थियो । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया भएको थियो ।

 

बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चान भयो भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि महोत्सवमा प्रदर्शन भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार