• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सुनसरी-४ को मतगणना अनिश्चित

काठमाडौं । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक अहिलेसम्मबस्न सकेको छैन । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो ।

 

हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपरान्ह सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । 

 

नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् ।

 

बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार