• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

विश्वकपमा आज चार खेल

काठमाडौं ।  फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् ।

 

कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह 'ई' र समूह 'एफ' का दुई दुई खेलहरु हुनेछन् ।

 

पहिलो खेलमा समूह 'ई' मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

 

दोस्रो खेलमा समूह 'एफ' का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

 

समूह 'एफ' का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

 

त्यस्तै चौंथो खेलमा समूह 'ई'का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

 

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।  विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार