अर्जेन्टिनाको जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा अर्जेन्टिनाले जित निकालेको छ ।
समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २(० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्नुभयो ।
खेलको ६४औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाएका सथए । डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो ।
त्यसपछि खेलको ८७औं मिनेटमा इन्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई जिताउन सफल भए । पहिलो जितसँगै तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको पोल्यान्डको चार अंक छ ।
शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २(० गोलले हराएको थियो । तीन अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ । अन्तिममा रहेको मेक्सिकोको एक अंक छ ।
प्रतिकृया दिनुहोस