• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

मोरङ र सुर्खेतमा मतदान स्थगित : ठाउँ ठाउँमा बम फेला, बर्दियाका ४ ठाउँमा राखिएको बम सेनाद्धारा निष्क्रिय

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको छ ।  केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । 

 

भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

 

 यस्तै सुर्खेतका दुई मतदान केन्द्रमा पनि दलका प्रतिनिधिहरु बीच विवाद भएपछि  मतदान स्थगित भएको छ । यस्तै गुलरिया नगरपालिका ५,बढैयाताल गाउँपालिका ५ जगतिया,राजापुर नगरपालिकाको धोविनपुर र ठाकुरबाबा नगरपालिकामा राखेको चार वटा बम सेनाले निष्क्रिय पारेको  छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार