फरक कुरा

च्यानल पिच्छे मेरो टी.भी. फरक कुरा गर्छ
सत्य के हो जान्नै गाह्रो साथी बुझ्नुपर्छ
एउटा भन्छ भ्रष्टाचार भो, अर्को भन्छ हैन
जति बहस गरेपनि छानबिन चैं हुँदैन
सवै गर्छन आफ्ना कुुरा स्वच्छ बन्न खोज्दै
दोष दिन्छन पराईलाई आफ्ना बचाउ रोज्दै
यदि भ्रष्ट थेनन् भने किन हल्ला व्यर्थ ?
तै चुप मै चुप गर्ने भए दोष लाउनु के अर्थ ?
जहिल्यैको ङयार्रङुर्र कानै थुनु लाग्ने
कहिले त आफ्नै टी.भी. फोड्ने जोस जाग्ने ।
प्रतिकृया दिनुहोस