• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको  आज मंसिर २ गते नेपाल प्रज्ञा–प्रतिष्ठान,कमलादी काठमाडौंमा आर्थिक वर्ष २०७८÷७९को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस(लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारितभएको छ । सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८हजार १४ पुग्नेछ ।


आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोेछ । त्यसै गरी बैंकलेरू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेकोछ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फतआफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार