• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : अभिनेत्री शबाना आजमी नेपाल आउने

 

काठमाडौं । भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नुभएको हो । 

 

आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उहाँले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिनुहुने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिनु भयो ।

 

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्नुहुने महोत्सवकी संयोजक विजया कार्कीले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार