इज्जत

नेताज्यूको दौडधुप छ भोट माग्ने ठाउँमा
बिपक्षलाई गालिगलौज असोभनिय भाऊमा
सकेसम्म छ¥यो भ्रम समाज वरपर
कुर्सी हक मेरै भन्दै हिड्यो देशैभर
आफ्नो तारिफ आफै गर्यो मौकापाको ठाउँमा
भन्यो मेरै बाटो जायज जनताको नाउँमा
आफै मात्र लियो जस सवै काम गराइको
पोख्यो आक्रोस उफ्रिउफ्रि देखाइ दोष पराइको
बिगतमा मिच्या नियम देखादेखै नाङ्गो
उल्टै दोष पराइलाई अनेकथरि बाङ्गो
फुकिदियो भाषणमा “देश बचाउन आछु”
चुनावसम्म भनिदियो इमान कसम खाछु
सिमा मिचाई बिदेशीको बसिदियो मौन
देशको हानी आँखा चिम्म, कस्तो निती लौन ?
स्वार्थपुर्ति अलमल अधिकाँश काममा
चुनावको प्रचार भने राम्रोे गर्या नाममा
नछुट्टीने झोले झुण्ड निकटताको नाउँमा
मुख्य ध्यान राजस्वको लाम्टा चुुस्ने दाऊमा
देखाउँने दाँत यौटा, चपाउने अर्कै
लाज पचेका कार्यकर्ता उल्टै नारा चर्कै
अनौठो भोे राजनीति लोभलालच गाँसी
कतिसम्म हुनु संयम बिकृतीमा हाँसी?
अव सोच्ने वेला आयो राम्रो नेता छान्ने
स्वाभिमानी नेपाली भै देशको इज्जत धान्ने ।।
प्रतिकृया दिनुहोस