एन.सी.सी बैंक र दराजबीच११.११ मा छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्नेसम्झौता भएको हो ।
सम्झौताअनुसार एन.सी.सी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुले दराज अनलाइनबाट सपिङ गरी भुक्तानीगर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानीगर्दा अधिकतम २०% वारु ३,००० सम्मको छुट प्राप्तगर्न सक्ने बैंकले जनाएको छ । यो योजना कार्तिक २५गतेदेखि मंसिर ३ गतेसम्मलागु हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदानगर्दै आएको छ ।
प्रतिकृया दिनुहोस