• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

पोग्बाले विश्वकप गुमाउने

काठमाडौं । फ्रान्सका पउल पोग्बाले कतार विश्वकप खेल्न नपाउने भएका छन् । घुँडाको चोटका कारण उनले बिश्वकप खेल्न नपाउने भएका हुन । उनलाई लागेको चोट निको हुन अझै समय लाग्ने भएपछि उनले विश्वकपमा खेल्न नपाउने भएका हुन । पोग्बा अहिले घुँडाको शल्यक्रियापछि आराम गरिरहेका छन् ।

 

म्यानचेस्टर युनाइटेडबाट सिरी ‘ए’ क्लब आएयता २९ वर्षीय पोग्बाले यो सिजन खेलेका छैनन् । जुलाईमा उनी चोटग्रस्त भएका थिए र यसबाट मुक्त हुन शल्यक्रियाको बाटो रोजेको थिए। यसपल्टको विश्वकपमा फ्रान्सको पहिलो खेल अस्ट्रेलियाविरुद्ध नोभम्बर २२ मा रहेको छ ।

 

पोग्बाका एजेन्स राफेल पिमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पोग्बाको स्थितिबारे चिकित्सकीय निरीक्षणपछि उनलाई चोटबाट मुक्त हुन अझै समय लाग्ने निश्चित भएको छ । यस कारण उनले फ्रान्सका लागि कतारमा विश्वकप खेल्न सक्ने छैनन् ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार