• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु

काठमाडौं । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन गरेका हुन ।  

 

उद्घाटनसँगै एक घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’ ’शीर्षकको चलचित्र देखाइएको थियो । चलचित्रमा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई प्रस्त्ुत गरिएको छ  । मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी चार फिल्म देखाइँएको थियो । आइतबार पनि चार चलचित्रसँगै वातावरण संरक्षणमा चलचित्रको भूमिकाको विषयमा ह्युगो मेज र रोशनी अधिकारीबीच छलफल गरिएको थियो । 


महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन् ।  सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने बताइएको छ ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार