टाउको

राजनीतिमा बिसौं बर्ष रमाएको टाउको
कथा हाल्दै अरुलाई अल्मल्याउने दाऊको
नातागोता सेरोफेरो फाइदा जोख्ने टाउको
पाएसम्म परचक्रि खुट्टा तान्ने दाऊको
आफ्नो स्वार्थ ढुक्कसंगअघि सार्ने टाउको
चातुुर्यको खेल खेल्ने बहुरुपी दाऊको
हैसियतको आड लिने घमण्डको टाउको
जता राम्रो उतै हाम्रो भनि हाल्ने दाऊको
सवैै भन्दा जान्ने हुँदै अर्ति बाँड्ने टाउको
नमरुन्जेल शासन सत्ता हात लगाउने दाऊको ।।
प्रतिकृया दिनुहोस