• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

 पूर्व कप्तान सन्दीप लामिछाने प्रहरी वृत गौशालामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो ।

 

राष्ट्रिय टोलीको कप्तानका रुपमा भदौ ६ गते केन्या गएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रुपमा स्वदेश फर्केका छन् । केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् ।

 

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार