• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ एकसाथ ३ विजेता

काठमाडौँ । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृस्य रिसोर्टमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर र सिनियर गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

 

प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शिर्ष विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भए ।

 

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ आरध्या बिष्टले शिर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र हर्षिका खड्का सेकेन्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ भइन् ।

 

प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि भने सिखा मान्नधरले हात पारिन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल ) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), असोक पाण्डे  (प्रिन्सिपल सेमरक निष्ट स्कुलका ), उमा बस्नेत (भाईस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहेका थिए ।
 

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार