• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

पौडेलको आवाजमा 'तिमीसँग एक छिन’

काठमाडौं । ‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा 'तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ ।

 

रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्यान सिंहले गीतको एरेन्ज गरेका छन् । 

 

गीतमा संगीत भर्ने काम दिक्षीत पौडेलले गर्नुभएको छ भने गायिका कृपासंगै सप्रब राज जोशी, कृषा लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकार गीतमा देखिएका छन् । 

 

राजिव लोहनीले निर्देशन गरेका म्युजिक भिडियोलाई भवानी शिल्पकारले खिचेका हुन । गीतलाई म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार