• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

काठमाडौं । ७० वर्षसम्म देशको शासन सम्हालेकी ब्रिटिश महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बाल्मोरलमा निधन भएको छ।

 

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। उनले उनको प्रिय आमाको निधन एउटा 'ठूलो दुःखको क्षण' भएको बताएका छन्।

 

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने 'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।'

 

उनले भनेका छन् शोक र परिवर्तको अवधीमा उनी र उनको परिवारलाई 'महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारी' ले सान्त्वना प्रदान गर्नेछ।

 

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्। उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार