• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

ओजस थिएटरमा नाटक ‘असुर’

काठमाडौंं । ओजस थिएटरमा नाटक ‘असुर’ को मन्चन शुरु भएको छ । नाटकलाई विवेक न्यौपाने (घने) ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो । ‘असुर’  एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको ।
 

असुर एउटा शक्ति भोको पात्र पनि हो । जो शक्ति प्राप्त गर्नका लागी जे पनि गर्न तयार हुन्छ । उसले कहिले देवता को रुप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ । हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरु छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यीनै  कुराहरुको वरपर घुमेको छ नाटक । नाटकले उत्पिडित वर्गको पिडाहरुलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्राय हो ।

 

नाटकमा सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रलाद खरेलले ‘जुद्ध प्रसाद’ को चरित्र निर्वाह गरेका छन् । राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको अभिनय रहेको छ ।

 

चेतना सापकोटा कार्कीको सह–निर्माण रहेको नाटकका कास्टिङ निर्देशक सुरेन्द्र क्षेत्री हुन् भने भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् । नाटकमा बिवेक न्यौपाने ध्वनी सम्पादन, उदिप सिवाकोटी प्रकाश परिकल्पना, रविन दोङ मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री÷शेखर दाहाल मन्च व्यवस्थापनमा देखिएका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार