• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

गिरिजीको निधनको खबरले निकै स्तब्ध छु : प्रधानमन्त्री देउवा

काठमाडौं ।  शनिबार राति उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि आज आइतबार गरिने भएको छ । 

 

गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । 

 

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उनको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उनको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

 

उहाँको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसरको शिवालयमा राखिनेछ । भने त्यसपछि ११ः३० बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपाको बी.पी. स्मृति भवनमा श्रद्धाञ्जलि लागि राखिने राखिने  कांग्रेस संसदीय दलको वक्तव्यमा जनाइएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार