• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

'१२ जना आम नागरिकको एउटा बन्द कोठाभित्रको निर्णय'

काठमाडौँ, । सैद्धान्तिक रूपमा सामाजकि परिवर्तन तथा राजनीतिक परिवर्तनले आजको समयमा हरेक मान्छेको विचारलाई सम्मान गर्न सकेको छ तर व्यावहारिक पाटोलाई नियाल्ने हो भने आफ्ना विचार प्रस्तुत गर्न अथवा भावना प्रकट गर्न‘ निकै नै गाह्रो काम हो । हाम्रो देशमा हरेक निर्णय बहुमतले पारित गर्ने चलन छ । यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारणवश कुनै मुद्दामा गम्भीर शङ्का देखेमा फरक पेसाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाइने अभ्यास भएका छन्, केही देशहरूमा । नाटक यही पृष्ठभूमिबाट सुरु भएको छ । १२ जना आम नागरिक एउटा बन्द कोठाभित्र निर्णय गर्न लागिपरेका छन् । १२ जनाले सर्वसम्मतिमा नै निर्णय गर्न‘ परेकाले १२ जनाको विचारको बीचमा भएको सङ्घर्षको कथा हो, ‘१२ दुर्वासा’ ।

 

क्षणिक भावुकताले निर्णय गर्न‘ घातक बन्न सक्छ । अझ मनबाट आग्रह–पूर्वाग्रहलाई टाढा राखेर कुनै पनि निष्कर्षमा पुग्न एकदमै जटिल हुन्छ र सही निर्णय लिन सकिँदैन । यसरी एउटा सही निर्णय लिन नसक्नुको नतिजा महँगो सावित पनि हुन सक्छ । यस्तो गल्तीबाट बच्नलाई आम मान्छे बहुमतको सहारा लिन्छ र सत्यलाई बिर्सिदिन्छ तर सत्य त सधैँ सत्य नै हो । चाहे त्यो बहुमतले भनोस् या अल्पमतले । मान्छेभित्रको रिस, आवेश, माया, घृणा वा अरू कुनै भावुकताले गर्दा आफू अनुकूल निर्णय गर्न लागिपर्छ । मान्छेले परिस्थितिलाई आफूअनुकूल व्याख्या गरिदिन्छ र सत्यको नजिकसम्म पुग्न सक्ने सम्भावनाको बाटो बन्द गराइदिन्छ । यस नाटकमा पनि बन्द कोठाभित्र एउटा महत्त्वपूर्ण निर्णय गर्नलाई १२ जना लागिपर्छन् । अरू कसैको जीवन वा मरण उनीहरूको हातमा छ । उनीहरूको हातले कसैको जीवन जोगाउन सक्छ तर दिमागले भने मृत्युका लागि प्रेरित गरिरहेको छ । नाटकको एउटै प्रश्न छ– कसैको जीवन या मरणको निर्णयप्रति मानिस कतिसम्म निश्चित र ढुक्क हुन सक्छ रु नाटकमा यसका जवाफ यत्रतत्र भेट्न सकिन्छ ।

 

नाटक ‘१२ दुर्वासा’मा मौसम राना, चिरञ्जीवी घिमिरे, हेमन्त बुढाथोकी, सुवास खरेल, राजेन्द्र अधिकारी, सुमन लिङ्देन, सन्तोष दुलाल, रोमनाथ ओली, जीवन बराल, सुजन भण्डारी, बलु राई नवीन रिजाल, तिब्बत राईलगायतको नाटकमा अभिनय रहेको छ । रेग्नाल्ड रोजको कथालाई नेपाली रूपान्तरण सुरेश सापकोटाले गरेका हुन् भने नाटकको परिकल्पना-निर्देशन सिजन दाहालले गरेका हुन् । 

 

विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टीभी सिरिज टुभेल एङ्ग्री मेनको नेपाली रूपान्तरण हो नाटक ‘१२ दुर्वासा’ । यो नाटक झापाको दमकमा भदौ १० गतेदेखि २६ गतेसम्म प्रदर्शन हुने भएको छ । सुकृत नेपाल/गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार