• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

गठबन्धन, सठबन्धन  एमालेलाई बुहमतबाट रोक्नका लागि हो : अध्यक्ष  ओली 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् । गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिने ओलीको भनाई छ । 

 

ओलीले ‘गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन । जनता दृढ अठोटका साथ अघि बढेका छन । र, यो काम नेकपा –एमाले०को अगुवाईमा मात्रै हुन सक्दछ । नेकपा एमालेको नीति र संगठनका आवद्ध भएर मात्रै यी कामहरु हुन सक्दछ भनेर जनताले भनेका छन् । लोकतान्त्रिक शेर्पा संघले पनि यही भनेको छ ।’

 

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकिर समेत गरे । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार